स्वास्थ्य राज्यमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, भनिन्–‘पैसाको अभावमा कसैले पनि मर्नु पर्दैन’

लोकपथ
63
Shares

काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेकी छिन् ।

शपथग्रहणपछि नवनियुक्त राज्यमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि उनले पैसाको अभावले नागरिकले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

त्यसैगरी स्वास्थ्य सेवाको क्षेत्रलाई विकेन्द्रीकृत गरी गाउँगाउँमा स्वास्थ्यको पहुँच विस्तार गर्ने बताइन् ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा भइरहेका विकृती विसंगतीहरु निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

जनताले आफूहरुलाई दिइएको जिम्मेवारीबाट नभाग्ने उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?