शपथ लिए लगत्तै राप्रपाका नवनियुक्त मन्त्री पुगे पशुपतिनाथ

लोकपथ
259
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनियुक्त मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर पुगेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको दर्शनपछि नवनियुक्त मन्त्रीहरुले सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?