काठमाडौं । नवनियुक्त सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यभार सम्हालेकी छिन् ।
पद तथा गोपनियताको शपथ ग्रहणपछि नवनियुक्त मन्त्री शर्माले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।
यता शर्माले मन्त्रीको पदभार ग्रहण गर्दाकै दिन देशभर नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
पदभार ग्रहणका लागि मन्त्रालयमा पुगेकी उनलाई पत्रकारहरुले आजै नेटवर्कमा समस्या आएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया