एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी

मनाङ– विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो ।उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् ।राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि पहिले एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?