धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन् ।
भण्डारी आजै बिहान बसेको प्रदेश सभाको निर्वाचनबाट विजयी भएका थिए । शपथग्रहण सम्पन्न भएपछि आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ ।
सभामुखको अध्यक्षतामा सर्वदलीय बैठक आह्वान गर्ने र उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तय गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया