शपथ लिने समयसम्म अन्यथा नभए यस्तो हुनेछ, प्रचण्ड मन्त्रिपरिषद

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तम साझेदार दलहरुबाट सरकारमा जानेहरुको नामावली प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा शपथ लिँदैछन् ।

सत्ता गठबन्धनमा रहेका मध्ये जसपा र नागरिक उन्मसक्ति पार्टी सरकारमा नजाने भएका छन् । साझेदार दलहरुमध्ये गठबन्धनको नेतृत्वकर्ता एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ ।

प्रधानमन्त्री पाएको माओवादीले पाँच मन्त्रालय पाउँदा रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएको छ । जनमत पार्टीले भने एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक÷एक राज्यमन्त्री पनि पाएका छन् ।

यस्तो हुनेछ छ, प्रचण्ड मन्त्रिपरिषद

पुष्पकमल दाहालः प्रधानमन्त्री

बिष्णुप्रसाद पौडेलः उपप्रधानमन्त्री एवं अर्थ

नारायणकाजी श्रेष्ठ ः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार

रवि लामिछानेः उपप्रधानमन्त्री एवं गृह

राजेन्द्र लिङदेनः उपप्रधानमन्त्री एवं उर्जा

मन्त्रीहरु, एमालेबाट

पदम गिरीः स्वास्थ्य

डा. विमला राई पौडेलः परराष्ट्र

हरि उप्रेतीः रक्षा

ज्वालाकुमारी साहः कृषि

भगवती चौधरीः महिला बालबालिका

दामोदर भण्डारीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राईः भूमि व्यवस्था तथा सहकारी

माओवादीबाट

रेखा शर्माः सञ्चार

सुदन किराँतीः पर्यटन

अमनलाल मोदीः सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनालः शिक्षा

डिपी अर्यालः श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डेः शहरी विकास

ध्रुव प्रधानः कानून तथा संघीय मामला

जनमतबाट

अब्दुल खानः

राज्यमन्त्री

डा. तोसिमा कार्कीः स्वाथ्य

दिपकबहादुर सिंहः ऊर्जा

सुशीला श्रीपालीः पर्यटन राज्यमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?