कपिलवस्तु । कपिलवस्तुमा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका-९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर सोही नगरपालिका-८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहमदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
घाइते भएका उनकै छोरा २५ वर्षीय साहिल पाकियालाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बरमातर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया