न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

लोकपथ
42
Shares

कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ । मंगलबार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन् ।

न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरिन् । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी हुन् ।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन् । उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन् । उनले आफू काका शसुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर, अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी । हामी धेरै पटक भइसक्यो, न्यायालय धाएको तर, प्रक्रिया अघि बढाइ दिनुभएको छैन । न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो । हामी पीडितहरु अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ । म काका ससुरा पर्नेबाट पटकपटक बलात्कारको प्रयास भयो म माथि । उसलाई खोइ सजाय, हामीलाई न्याय दिएको खै ।’

त्यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताइन्। उनले भनिन्, ‘भुवन गिरीलाई गिरफ्तार त परको कुरा कम्प्लेन मात्रै पनि कसैले गरेको छैन । उनी न्यायाधीश हुन्, के उनको लागि कुनै कम्प्लेन रजिस्टार हुँदैन ।

भारतकी छोरीको त रक्षा हुँदैन हुँदैन, नेपालकै छोरीको त रक्षा गर्नुस् । वकील बिक्छ, प्रहरी बिक्छ । कोही पनि यहाँ निष्पक्ष हुँदैन ।’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?