दाङ । दाङमा ३३ वर्षीया महिला बलात्कृत भएकी छिन् । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया