पर्वतका पदम गिरी स्वास्थ्यमन्त्री बन्दै

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

सरकारमा सामेल हुने मन्त्रीहरुको भागबन्डा मिलाउँदा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको स्रोतले जनाएको छ ।

त्यस्तै एमालेबाट राष्ट्रपति र सभामुख बन्ने पक्कापक्की जस्तै भएको छ ।

परराष्ट्रमन्त्री बन्न लागेकी डा. पौडेल राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य हुन् भने गिरी भने गत निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?