लिङ्देनले भने, ‘ठूलो असहमतिकाबीच अग्नि परीक्षामा होमिए, खरो उत्रिनेछु’

लोकपथ
28
Shares
sf7df8f}F, & k’;M /f;;;Fu s’/f ug'{x’Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलो असहमतिकाबीच सरकारमा सामेल हुने निर्णय गरेको बताएका छन् ।

लिङ्देन वर्तमान सरकारमा उपप्रधानसहित उर्जामन्त्री बन्न लागेका हुन् । शुरुमै सरकारलाई समर्थन गरेको कारण विभिन्न कोणबाट राप्रपाको आलोचना भइरहेका बेला अध्यक्ष लिङ्देनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेका बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले ढिलो छिटो सरकारमा सामेल हुने उल्लेख गर्दै आफूले पाएको जिम्मेवारी खरो रुपमा उत्रिने समेत बताए ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो।
प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!’ उनले भनेका छन् ।

त्यसैगरी राप्रपाबाट उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाइ, मा. विक्रम पाण्डेले शहरी विकास, मा.ध्रुबबहादुर प्रधानले कानुन मन्त्रीको र मा. दिपकबहादुर सिंहले उर्जा राज्यमन्त्री बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?