काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
जसमा शिक्षामन्त्रीमा शिशिर खनाल, डोलप्रसाद अर्याललाई श्रम तथा रोगजार मन्त्रीको जिम्मेवारी दिने भएको हो ।
त्यसैगरी डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
यसअघि नै रास्वपाबाट पार्टी सभापति रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया