काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सत्ता साझेदार दलहरुबीचमा भएको मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा जसपाको गम्भीर असहमति रहेको बताए ।
‘सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ’, उनले भने, ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन ।’
सो पार्टीलाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि उसले अस्वीकार गरेका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया