नेपालका सबै एटीआर जहाजको परीक्षण, कुनैपनि प्राविधिक त्रुटी भेटिएन

लोकपथ
14
Shares

काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल भएको यति एयरलाइन्सको दुर्घटना पश्चात् यस प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर–४२ तथा एटीआर–७२ वायुयानहरुको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

परीक्षणको क्रममा उपरोक्त वायुयानहरुमा कुनै प्रविधिक त्रटी फेला नपरेको व्यहोरासमेत सबैको जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरिएको भनिएको छ ।’ दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?