सात वर्षसम्म हुन सकेन केशर महलको पुनर्निर्माण, पुस्तकालयको अवस्था छ यस्तो (चित्रकथा)

काठमाडौं । २०७२ साल वैशाख १२ मा गएको विनाशकारी गोर्खा भूकम्पको सात वर्ष भयो । भूकम्पले ध्वस्त बनाएका भवनहरु लगभग बनिसक्दा केही भवनको अझै पनि निर्माण हुन सकेको छैन ।

सरकारी कार्यालय, सम्पदादेखि निजी भवनसम्मको पुनर्निर्माण हुँदा काठमाडौं उपत्यकाभित्रै रहेका केही ऐतिहासिक भवन भने अझै पनि निर्माणको प्रतीक्षामा छन् ।

सात वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको भवन हो, काठमाडौं ठमेलस्थित केशर महल । २०७२ साल वैशाखको भूकम्पबाट प्रयोग नै हुन नसक्ने गरी जीर्ण अवस्थामा पुगेको उक्त भवनमा नेपालकै ऐतिहासिक केशर पुस्तकालय सञ्चालनमा थियो ।

भुइँचालोपछि खोल्नै नसक्ने अवस्थामा रहेको उक्त पुस्तकालय लामो समयसम्म त्यत्तिकै अलपत्र रह्यो । अहिले भने सोही महलको परिसरमा अस्थायी प्रबन्ध गरी सञ्चालनमा ल्याइएको छ ।

लामो समय भवनकै प्राङ्गणमा अलपत्र मिल्काइएका पुस्तकमध्ये केही पुस्तकालयमा राखिँदा केही भने बाहिर बोरामा बाँधेर त्यत्तिकै छन् ।

केशर महलको नयाँ निर्माण गर्ने कि रेट्रोफिट भन्ने विषय चाँडो टुंग्गो नलाग्दा अलपत्र बनेको भवनको अहिले रेट्रो फिटिङको काम भइरहेको छ ।

पुस्तकालयमा रहेका महत्वपूर्ण पुस्तक अलपत्र पारिएकामा सरकारको आलोचना भएपछि अहिले अस्थायी प्रबन्ध गरेर राखिएको छ ।

केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का भने जेटसीजी आई जेभी निर्माण कम्पनीले पाएको छ ।

तस्विरहरूः दिनेश रजक 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?