सत्ता साझेदार दलहरुको बैठक शुरु, मन्त्रालयको भागबण्डा टुंगिने

लोकपथ
77
Shares

काठमाडौं । मन्त्रालयको भागबण्डा मिलाउन सत्ता साझेदार दलहरुको बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकले मन्त्रालय भागबण्डा टुंग्याउने बताइएको छ । सरकारमा सामेल हुने दलहरुले आ–आफ्ना दलसँग छलफल गरेका छन् । यता आजै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो ।

बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?