२० मङ्सिर २०८०, बुधबार

यी चर्चित नेताको के होला भविष्य ? यी हुन् चर्चित नेताहरु

२०७४,कार्तिक,५,आईतवार ०७:०३

0
Shares

आगामी मंसिर १० गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुन लागेको हो ।निर्वाचनमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ भने कांग्रेसले पनि केहि जिल्लामा नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग तालमेल गरेको छ ।वाम गठबन्धनमा ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ सिट र माओवादीले १६ सिट भाग पाएका छन् । यस्तै कांग्रेसले ३४ सिटमा उम्मेदवारी दिँदा नयाँ शक्तिले २ र राप्रपा प्रजातान्त्रिकसँग १ सिटमा तालमेल गरेको छ ।३२ जिल्लामा ३७ सिटका लागि उम्मेदवारी दर्दा हुँदै गर्दा केहि हेभिवेटका नेताहरु समेत चुनावी मैदानमा खडा भएका छन् ।नेकपा एमालेका सचिव योगेश भट्टराईकले ताप्लेजुङबाट उम्मेदवारी दिँदैछन् । यस्तै माओवादीको तर्फबाट सिन्धुपाल्चोक २ बाट अग्नी सापकोटा, नुवाकोट १ बाट हितबहादुर तामाङ, लमजुङबाट देव गुरुङ, गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्र बहादुर शाहीले प्रतिनिधिसभामा उम्मेदवारी दिँदैछन् ।यस्तै गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको उम्मेदवारी परेको छ । गोरखा २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र भट्टराईबीच रोचक भीडन्त हुने देखिएको छ ।यस्तै नेपाली कांग्रेसबाट ओखरढुंगाबाट रामहरि खतिवडा, सिन्धुपाल्चोक १ बाट मोहन बहादुर बस्नेत, नुवाकोट १ बाट रामशरण महत, नुवाकोट २ बाट अर्जुन नरसिंह केसी, मनाङबाट टेकबहादुर गुरुङ, गोरखा १ बाट चीनकाजी श्रेष्ठको उम्मेदवारी रहने छ ।यता सिन्धुपाल्चोक २ बाट पशुपतिशमशेर राणाको उम्मेदवारी रहनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार