काठमाडौं । सेती खोंचमा दुर्घटनामा परेको थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जनकारी दिए ।
एक जनाको शव भेटिएसँगै अब ३ जना अज्ञात रहेका छन् । उनीहरूकाे खोजी कार्य जारी रहेको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दलका सदस्यसहित ७२ जना सवार थिए । विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया