काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तरले आजै पूर्णता पाउने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आज विहान छलफल गरेपछि संवाददाताहरुलाई उनले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा आजै टुंगिने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । मन्त्रिपरिषदको भागबण्डा कहिले टुंगिन्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले आजै टुंगिने जवाफ दिएका हुन् ।
आफूलाई विश्वासको मत दिएका दलहरुसँग भने भोलि छलफल गर्ने उनले बताए । ‘सभामुख र राष्ट्रपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘विश्वासको मत दिने सबै पार्टीसँग भोलि छलफल छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया