डिएलएको महाधिवेशन फागुन ६ र ७ गते हुने

लोकपथ
917
Shares

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) को महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

यसअघि पटकपटक मिति सर्दै आएकोमा आगामी फागुन ६ र ७ गते गर्ने निर्णय भएको हो ।

डिएलएकी महासचिव लक्ष्मी देवी रावल दाहालले एक सूचना जारी गर्दै महाधिवेशन आगामी फागुन ६ र ७ गते हेटौँडामा गर्ने जानकारी गराएकी हुन् ।

त्यसैगरी अध्यक्षमा त्रीपक्षीय प्रतिष्पर्धा हुने देखिएको डिएलएका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म राजु कटुवाल, सिताराम केसी, लक्ष्मी दाहाल अध्यक्षको तयारीमा रहेका छन् ।

त्यसैगरी महासचिवमा ज्ञानेन्द्र बहादुर अधिकारी र लक्ष्मण आचार्य लगायत तयारीमा रहेका छन् ।

नयाँ नेतृत्व चयन हुने भएसँगै कानुन व्यवसायीहरुमा खुसीयाली छाएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?