छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ ।

सो क्रममा धनुषा, औरही गाउँपालिका–१ पौडेश्वरमा लु.७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरी, विष्णुपुर गाउँपालिका–६ रन्जितपुरमा को.१ ह ९८५ नम्बरको अटोरिक्सा आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका–१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका–१ पौराहीमा प्र–२–०३–००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र.२–०३–००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका–४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र म्याजिकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापा, कन्काई नगरपालिका–३ स्थित सडकमा प्र.१–०१–००१ ख ३४२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ बस्ने ४४ वर्षीय केशव कुमार नेपालको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका–१६ बेसाईमा रा.५ प ९५१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१६ लेटार बस्ने २१ वर्षीय शुसिल चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिवेक चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-७ रातमाटेमा बागमती प्रदेश ०२ –०३७ प ७३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–६ खत्री टोल बस्ने ६४ वर्षीय बिदुर गजमेयरको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टार उदयपुर हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको नगर अस्पताल बेल्टार उदयपुरमा उपचार भइरहेको छ ।

यसैगरी उदयपुर, बेलका नगरपालिका-८ बकुन्द्रे खोला नजिक सडकमा प्र १ –०२–००१ ह ६३४५ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका– ९ बस्ने १८ वर्षीय सुमित शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सबै ठाउँको दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?