सुदूरपश्चिम प्रदेश सभाको बैठक आज पनि स्थगित, भोलि मात्रै सभामुख चयन हुने

लोकपथ
39
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ ।

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक भोलिसम्मका लागि पुनः स्थगित भएको हो ।

आजको बैठकमा प्रदेश सभाको सभामुखको निर्वाचन हुने भनिएको थियो । तर पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सरकारले आजलाई देशभर शोक बिदा दिएका कारण बैठक स्थगित गरिएको हो । शोक बिदा साथै राष्ट्रिय झण्डा झुकाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?