ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

यसअघि पनि ओली–प्रचण्डबीच पटकपटक भेटघाट र छलफल भएको थियो । केही दिन अघि प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनबारे सरकारलाई विश्वासको मत दिएको दल नेपाली कांग्रेसलाई पनि सहभागि गराउने बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबाट एमालेमा संशय पैदा भएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा राष्ट्रपति र सभामुखको निर्वाचनसहित मन्त्रिमण्डल विस्तारको समेत कुराकानी हुने बताइएको छ ।

केहीबेरअघि बालकोट पुगेका प्रधानमन्त्री आजै बालकोटमा हुने दिवाभोजमा समेत सरिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?