आज यती एअरलाइन्सका सबै उडान बन्द

लोकपथ
0
Shares

काठमाडौँ । पोखरामा आइतबार आफ्नो जहाज दुर्घटना भएपछि यती एअरलाइन्सले आज हुने आफ्ना सम्पूर्ण नियमित उडानहरू स्थगित गरेको छ।

आइतबार साँझ एक सूचना जारी गर्दै यती एअरलाइन्सले विमानमा सवार मृतक यात्रुहरूको शोकमा आफ्ना नियमित उडानहरू रद्द गरिएको जानकारी दिएको हो। यद्यपि आपतकालीन र उद्धारका उडाहरू भने सञ्चालन हुने उसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?