विमान दुर्घटना : पहिचान भएका शव आफन्तकाे जिम्मा लगाइँदै

लोकपथ
28
Shares
kf]v/f, ! df3M ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M hd’gfjiff{ zdf{÷/f;;

कास्की । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।

तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?