आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

लोकपथ
14
Shares
kf]v/f, ! df3 M ljdfg leqsf ofq’sf] p2f/ ug]{ k|of; kf]v/fdf b’3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq’ lgsfNg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति शोक व्यक्त गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ ।
आइतबार बिहान भएको दुर्घटनापछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकका रूपमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शोकमा आज देशभर राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज कास्कीको नयाँ गाउँस्थित सेतीको खोंचमा आइतबार दुर्घटना भएको थियो । दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको छ ।

विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए । हालसम्म ६९ जनाको शव भेटिएको छ भने बाँकी तीन जनाको शव खोजिकार्य भइरहेको छ । आज अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

यती सबै उडान रद्द

यती एयरलाइन्सले विमान दुर्घटनाको शोकमा सोमबार सबै उडान रद्द गरेको छ । विमान दुर्घटनापछि एक सूचना जारी गर्दै एयरलाइन्सले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

परीक्षा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले लिने आजका परीक्षा भने नरोकिने भएको छ । सरकारले सार्वजनिक बिदा दिए पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गरिने त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले जानकारी दिए ।

उनले सरकारले दिने आकस्मिक सार्वजनिक बिदामा विश्वविद्यालयका पूर्वनिर्धारित कार्यक्रमहरूले निरन्तरता नै पाउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?