काठमाडाैं । यती एयरलाइन्सले विमान दुर्घटनाको शोकमा सोमबार सबै उडान रद्द गरेको छ । विमान दुर्घटनापछि एक सूचना जारी गर्दै एयरलाइन्सले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
आज (आईतवार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया