काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका ४ जनाको शव पनि खोंचबाट निकालिएको छ ।
विमानमा सवार ६८ जनाको शव भेटिए पनि ४ जनाको शव भेटिएको थिएन । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोलीले खोंचबाट ४ जनाको शव निकालेको हो ।
दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु पुष्टि गरेको छ।
कुल ७२ जना रहेको विमानमा ४ जना चालक दलका सदस्य बाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए । उद्दार गरिएको शव गण्डकी अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया