काठमाडौं । भारतले “भ्वाइस अफ ग्लोबल साउथ समिट” को सम्पन्न गरेको छ ।
गत पुस २८ र २९ गते भर्चुअल माध्ययमबाट आयोजित सो शिखर सम्मेलनमा कुल १० वटा सत्र थिए । प्रधानन्त्री नरेन्द्र
मोदीद्वारा उद्घाटित सो कार्यक्रममा ग्लोबल साउथका १२५ वटा राष्ट्रका नेता तथा मन्त्रीको उपस्थिति थियो ।
उद्घाटन सत्र पछि भएको आठवटा मन्त्रीस्तरिय सत्रमा विकासशील देशका अहम चासोबारे व्यापक छलफल भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री मोदीले विकासशील देशले भोग्नु परेको समस्याबारे चर्चा गरे । उनले साझा संकल्प र परिवर्तनको एजेण्डामार्फत ग्लोबल साउथको सामाजिक एवम् आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री मोदीले ग्लोबल साउथको विकासमा भारत आफ्नो अनुभव बाँड्न तत्पर रहेको बताए । मोदीले खोपको उत्पादन एवम् विकास, डिजिटल सार्वजनिक सामान, वित्तीय समावेशीकरण, स्याटलाइट प्रविधि, डिजिटल गभर्नन्स आदिका क्षेत्रमा भारतले हासिल गरेका उपलब्धिहरुको चर्चा गरे । उनले प्रविधि, ज्ञान र आत्यावश्यक स्रोतमा विकासशील देशहरुको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री मोदीको नवीन मानव केन्द्रित विकासको प्रस्तावलाई कार्यक्रममा सहभागी नेताहरुले खुलेर समर्थन गरे ।
त्यसैगरी समापन सत्रका क्रममा प्रधानमन्त्री मोदीले भारतले “भ्वाइस अफ ग्लोबल साउथ समिट” सँग सम्बन्धित अघि सारेका नयाँ कार्यक्रमहरुको घोषणा समेत गरेका थिए ।
प्रधानमन्त्री मोदीले नयाँ कार्यक्रमहरुमा आरोग्य मैत्री, ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स ग्लोबल साउथ साइन्स एण्ड टक्नोलोजी इनिसिएटिभ , ग्लोबल साउथ यङ् डिप्लोम्याट्स फोरम र ग्लोबल साउथ छात्रवृत्ति रहेको उल्लेख गरेका थिए ।
स्वास्थ्य, खाद्य सुरक्षा, ऊर्जामा सहज पहुँच, जलवायु वित्त तथा प्रविधि र आर्थिक विकासमा देखा परेका चुनौती र त्यसबाट सृजित कठिन परिस्थितिबाट सिंगो विश्व गुज्रिरहेकाले यो शिखर सम्मेलनको विशेष सान्दर्भिकता रहेको छ ।
हामीले खेप्नु परेको विभिन्न जकडिएका समस्याहरुको घातक असरको चरम जोखिममा रहेका विश्वका तीन चौथाई जनसंख्याका जटिलताहरुलाई नियाल्ने अवसर यस सम्मेलनले दिएको छ ।
सम्मेलनमा सहभागी नेताहरुले महत्वपूर्ण मोडमा यस शिखर सम्मेलनको आयोजना गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुका साथै सम्मेलनको आयोजना गर्न उनले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । उनीहरुले यस शिखर सम्मेलनले ग्लोबल साउथको आवश्यकतालाई कदर गर्ने समृद्ध एवम् समावेशी विश्वको निर्माणमा उत्पे्ररकको भूमिका खेल्ने आशा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया