प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न उपसमिति गठन

काठमाडौं । प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न गठन भएको विशेष समिति गठन भएको ४ महिनापछि कार्यविधि बनाउन उपसमिति गठन गरेको छ । 

विशेष समितिले कार्यविधिलाई अन्तिम रुप दिन समितिका संयोजक दीपेन्द्र पुन मगरको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उक्त उपसमितिमा रमा अर्यात र तुलसी चौधरी सदस्य छन् ।

साथै कार्यविधि तयार भएपछि समितिले विज्ञहरु नियुक्त गर्ने तयारी रहेको संयोजक पुनमगरले जानकारी दिए । 

त्यस्तै विज्ञहरुको नियुक्तपछि विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्ने पनि उनले बताए । 

संविधानको धारा २८८ मा प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सभाको गत साउन २४ गतेको बैठकले १५ सदस्यीय विशेष समिति गठन गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?