६८ जनाको मृत्यु पुष्टि : ४ जना अझै भेटिएन, गोताखोर टोली परिचालन

लोकपथ
175
Shares
kf]v/f, ! df3M ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M hd’gfjiff{ zdf{÷/f;;

काठमाडौं। पोखरा महानगरपालिकाको सेति खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार रहेका थिए ।

सवार ७२ जना मध्ये ६८ जनाको मृत्यु पुष्टि भएको हो । ४ जना अझै भेटिएका छैनन् । नभेटिएका ४ जनाको खोजीका लागि दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाइएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले एक विज्ञप्ति जारी गर्दै ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?