काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति शोक व्यक्त गर्दै सोमबार (भोलि) राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । आज आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले सोमबार देशभर शोक बिदा दिने घोषणा गरेको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज कास्कीको नयाँ गाउँस्थित सेतीको खोंचमा दुर्घटना भएको थियो ।
विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए । हालसम्म ६८ जनाको शव भेटिएको छ भने बाँकी ४ जनाको शव खोजिकार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया