पोखरा जहाज दुर्घटनामा अमेरिका र चीनद्वारा दुःख व्यक्त

लोकपथ
49
Shares

काठमाडौं । पोखरामा आइतबार भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दुःख व्यक्त गरेका छन् ।

काठमाडौंस्थित अमेरिका र चीनका दूतावासले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन् ।

अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै घटनाको सम्पूर्ण अवस्थाको सावधानीपूर्वक निगरानी गरिरहेको जनाएको छ । यस दुःखद घडीमा आफूहरु पीडित र परिवारका साथमा रहेको पनि दूतावासले जनाएको छ ।

उता, नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ । मृतकहरुप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’
यति एयरलाइन्सको एटिआर विमान जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो । जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?