काठमाडौं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।
ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ । आज (आईतवार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्टेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेका थिए ।
पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया