नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा लगानी नगर्न राष्ट्र बैंकको निर्देशन

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बस्ने कुनै पनि नागरिकलाई विदेशमा लगानी नर्गन निर्देशिका जारी गरेको छ । एक सूचना जारी गर्दे राष्ट्र बैंकले विदेशमा लगार्नी गर्न प्रतिबन्ध लगाउने सम्बन्धमा उक्त निर्देशिका जारी गरेको हो ।

राष्ट्र बैंकद्धारा जारी निर्देशिकामा भनिएको छ, ‘विदेशी विनिमय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिएको दिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्वन्धी कार्य गर्न प्रतिबन्धित गरेको हुँदा नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु नगर्न निर्देशन जारी गरेको हो ।

विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पती खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्बन्धी प्रचार प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नर्गनु, नगराउनु हुन एवं त्यस्तो कार्य गर्ने गराएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९० को दफा १२ ले दिएको अधिकार प्रयोग गर्न निर्देशिकामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?