दुर्घटनास्थल निरीक्षणका लागि पोखरा जाने प्रधानमन्त्रीको कार्यक्रम स्थगित

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थल जाने कार्यक्रम स्थगित भएको छ ।

घटनास्थल निरीक्षणका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीहरु समेत दुर्घटनास्थल जाने कार्यक्रम रहेको थियो ।

भीआइपी जाँदा सुरक्षा जटिलता थपिइ उद्दार प्रभावित हुने भएपछि अन्तिम अवस्थामा कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

त्यस्तै आज आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले शोक मनाउन माघ २ गते सोमबार शोक बिदा दिने घोषणा गरेको छ । त्यसैगरी ५ जनाको दुर्घटना जाँच समिति समेत बनाएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?