पोखरा विमान दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

लोकपथ
13
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो । दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्नुहुँदै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?