काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै सोमबार शोक मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि निर्णयबारे जानकारी दिँदै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले माघ २ गते शोक बिदा दिने निर्णय गरेको समेत जानकारी दिए ।
त्यसैगरी सरकारले उक्त दुर्घटनाको छानबिनका लागि छानबिन समिति समेत बनाएको छ । ५ सदस्यीय छानबिन समितिले ४५ दिनभित्र दुर्घटनाको कारणबारे प्रतिबेदन बुझाउनुपर्नेछ ।
दुर्घटना जाँच आयोगमा पूर्वसचिव नागेन्द्र घिमिेरेको संयोजकत्वमा हवाइ विज्ञहरु दिपक प्रसाद बास्तोला, सुनिल थापा, एकराचन थापा र उक्त समितिमा सदस्यसचिवमा नागरिक उड्डन प्राधिकरणका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया