काठमाडौं । यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०ः५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क रहेको जनाएको छ ।
यति एयरलाइन्सले एक विज्ञप्ति जारी गरेर उक्त जहाज आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको उल्लेख गरेको छ । जहाजले पोखरा टावरसँग १०ः५० मा सेती खोच भन्ने स्थानबाट सम्पर्कमा आएको र सो पछि उक्त विमान दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया