काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो ।
त्यस्तै, सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि पोखरा जाने भएका छन् ।
सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया