दुर्घटनाग्रस्त विमानकै टिकट काट्न लागेका थिए पशुपति शर्माले, भन्छन्- ‘लेखेको हुने रहेछ’

लोकपथ
273
Shares

काठमाडौं । गायक पशुपति शर्मा आइतबार पोखरा जाँदै थिए ।

काठमाडौंबाट पोखराको लागि उडेको जुन विमान दुर्घटना भयो गायक शर्माले पनि सोही विमानको टिकट काट्न लागेका थिए । तर काम विशेषले उनले अन्तिम अवस्थामा टिकट क्यान्सिल गरेको लोकपथलाई जानकारी दिएका छन् ।

उनले मान्छेकोको लेखा जे छ त्यही हुने भन्दै आफू जोगिएको समेत बताए ।

हाल आफू एक कार्यक्रमका लागि बुटवलमा रहेको उनले बताए ।

‘मैले पनि सोही प्लेनको टिकट काट्न लागेका थिए । काम विशेषले मैले अन्तिम अवस्थामा टिकट क्यान्सिल गरेँ ।’ उनले भने, ‘लेखेको हुने रहेछ । आज म जोगिँए ।’

काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखराको सेती खोचमा दुर्घटना भएको छ । उक्त विमानमा ६८ यात्रसहित ७२ जना सवार रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?