सुनको मूल्य तोलामा एक लाख पाँच हजार पुग्यो

लोकपथ
39
Shares

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले रुपैयाँ बढेर एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?