काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्दार भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं १७ स्थित सेतीको खोचमा दुर्घटनास्थलमा सर्वसाधारणदेखि उद्दारकर्मीको भीडभाड देखिएको छ ।
दुर्घटनास्थलमा सर्वसाधारणको भीडभाडको कारण उद्दारमा समस्या देखिएको छ ।
सर्वसाधारणहरुको अत्याधिक भीडभाडका कारण उद्दारका लागि पुगेका एम्बुलेन्स तथा अन्य सवारीलाई आवतजावतमा समेत समस्या देखिएको छ ।
बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा महानगरपालिका–१७ को नयाँ गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । विमानमा ४ चालकदलका सदस्यसहित ७२ यात्रु रहेका थिए ।
हालसम्म ४० भन्दा बढीको शव उद्दार गरिएको छ । अहिले पनि उद्दार कार्य जारी रहेको छ ।
https://www.facebook.com/tikarampaudel4/videos/550996387061914/
तस्बिर र भिडियो : सामाजिक सञ्जालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया