विमान दुर्घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुःख व्यक्त

लोकपथ
7
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

पूर्वराजा शाहले दुर्घटनामा परी ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?