काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमानमा रहेका चालक दलका सदस्यहरुको पहिचान खुलेको छ ।
बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसीन आलेमगर रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ५३ नेपाली, ५ जना भारतीय, ४ जना रशियन, १ जना अष्ट्रेलियन, १ जना अर्जेन्टीनी, २ जना कोरियाली नागरिक गरि कुल ७२ जना सवार थिए ।
हालसम्म ४० भन्दा बढीको शव भेटिएको छ । भने अन्यको उद्दार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया