काठमाडौं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए । लोकपथलाई विमान दुर्घटना हुनु अघिको भिडियो उपलब्ध भएको छ ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/lokpathnepal/videos/3374182822898887
खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया