काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनाप्रति पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेक छन् ।
त्यस्तै दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह समेत गरेका छन् ।
‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया