प्रत्यक्षदर्शी भन्छन्- ‘असन्तुलित हुँदै हल्लिँदै खस्यो विमान’

लोकपथ
245
Shares

पोखरा । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको विमान हेर्दाहेर्दै हल्लिँदै सेती खोँचमा खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

विमान दुर्घटना हुनुअघि देखेका प्रत्यक्षदर्शीहरुले अनियन्त्रित हुँदै आएको देखिएको बताएका छन् । प्रत्यक्षदर्शी रवीन्द्र खड्काले विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको बताएका हुन् ।

खस्ने बेलामा विमान पुरै उल्टो भएर भुईंमा झरेको र ठूलो आवाज आएको उनको भनाइ छ । विमान दुर्घटना भएको १२ मिनेटपछि दमकल घटनास्थलमा पुगेका थिए । दुर्घटना १०ः५१ बजेमा भएको उनले बताए ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानको उद्धार भइरहेको छ । अहिलेसम्म केही शव निकालिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?