काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको दुर्घटनास्थलबाट २ जनालाई जिवित अवस्थामा उद्दार गरिएको छ ।
विमान दुर्घटनास्थल पोखरा महागरपालिका–१७ स्थित सेती नदीको खोचबाट २ जनाको जिवितै उद्दार गरिएको यती एयरलाइन्सका प्रवक्ता शुदर्सन बर्तौलाले लोकपथलाई जानकारी दिए ।
‘दुर्घटनास्थलबाट २ जनाको जिवित उद्दार भएको खबर आएको छ ।’ उनले लोकपथसँग भने ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएको हो । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना रहेका छन् ।
हालसम्म ३० जना भन्दा बढीको शव निकालिएको छ ।
विमानमा केही विदेशीहरु समेत रहेको एयरलाइन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया