काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानबाट शव खोज्नेक्रम जारी रहेको छ । आइतबार काठमाडौंबाट ४ जना चालकदलका सदस्य र ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।
सो विमान पोखरा महानगर–१७ स्थित सेतीको खोचमा दुर्घटना भएको हो । हालसम्म ३० जना बढीको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लोकपथलाई जानकारी दिए । उनका अनुसार कति जनाको हताहती भएको भन्ने जानकारी आइसकेको छैन ।

तस्बिर : गणेश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया